• ON AIR
  • UP NEXT

पाटन नगरपालिका १० पूर्णसरसफाई उन्मुख वडा घोषणा

news

बैतडी,१७ चैत-
बैतडीको पाटन नगरपालिका वडा नं १० लाई पूर्णसरसफाई उन्मुख वडा घोषणा गरिएको छ । स्वच्छ व्यवहार इज्जत प्रतिष्ठा र मान,पूर्ण सरसफाईयुक्त गाउँघर हाम्रो अभियान भन्ने नाराका साथ वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । वडामा रहेका अधिकांश घरधुरीले पूर्ण सरसफाईका सूचक पूरा गरेकाले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । वडा अध्यक्ष देवेन्द्र कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्त बिशिष्ट अथिती रहनुभएको थियो । कार्यक्रमका सहभागीहरुले पूर्ण सरसफाई अभियानमा सबैले लाग्नुपर्नेमा जोड दिएका छन् । वडामा युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघले खानेपानी तथा सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको छ । आजै वडाका गरीब तथा असहाय ९८ जनालाई सरसफाईका बाल्टी समेत वितरण गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal