• ON AIR
  • UP NEXT

मेची - महाकाली पदयात्री बैतडी पुगे

news

बैतडी,१७ चैत-
देशमा शान्ति, स्थिरता र विकासको सन्देश सहित गएको माघ २५ गतेदेखि झापाको कन्काई नगरपालिकाबाट मेचीमहाकाली पदयात्रा निस्केका पदयात्रीहरु बैतडी आइपुगेका छन् । मध्यपहाडी लोकमार्ग हुँदै आफूहरु शान्ति,स्थिरता र विकासको सन्देश दिन पदयात्रामा निस्केको टोलीका रेवतीप्रसाद खतीवडाले जानकारी दिनुभयो । भोली बैतडीको झुलाघाट भारतसंग सीमा जोडिएको क्षेत्रमा नेपाली झण्डा गाडेर पदयात्रा सम्पन्न गरिने उहाँले बताउनुभयो । टोलीमा नेत्रप्रसाद मिश्र,बेदनिधि भट्टराई, जयराम सापकोटा,जगन्नाथ गुरागाँई र देवीप्रसाद भट्टराई गरेर ६ जना रहेका छन् । पदयात्राका क्रममा प्रदेश सातका पहाडी जिल्ला विकासको हिसाबले कमजोर रहेकाले राज्यको ध्यान जानुपर्नेमा उनीहरुले जोड दिएका छन् । नेपालमा विदेशीहरु आएर समेत घुम्ने गरेको तर नेपालीहरु आफ्नै ठाउँमा घुम्न बाँकी रहेकाले त्यो सन्देश दिनका लागि पनि आफूहरु मेचीमहाकाली पदयात्रामा निस्केको उहाँले जानकारी दिनुभयो । नेपाली झण्डा बोकेर आफूहरु राष्ट्रियताको सन्देश दिन पदयात्रामा निस्केको जयराम सापकोटाले जानकारी दिनुभयो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal