• ON AIR
  • UP NEXT

एसएमएसवाटै गर्भजाँच...

news

बैतडी,१६ चैत-
मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ ।  
बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल मार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएस मार्फत गर्भवती महिलाको नामदर्ता गराउने र उनीहरुलाई एसएमएस मार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वासथ्य कार्यालय बैतडीका परिवारनियोजन सुपरभाईजर डिल्लीरमण जोसीले जानकारी दिनुभयो । पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका,मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आईसकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ । स्वयंसेविकाहरुले आफूसंग भएको मोबाइलमा गर्भवती महिलाको नाम इन्ट्री गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उनीहरुको नाम इन्ट्री हुने र गर्भवती महिलालाई चार,६,८ र ९ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले महिलाहरुलाई गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाईजर जोसीले जानकारी दिनुभयो । आफूहरुले मोबाइल मार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ आफूहरुले स्वास्थ्य संस्थामा महिलाहरुलाई पठाउन सजिलो भएको छ” मोबाइल मार्फत एसएमएस जान थालेपछि पहिला पहिला स्वास्थ्य संस्थामा नआउनेहरु पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने तल्लादेही स्वासथ्यचौकीका इन्चार्ज हेमन्त साउँदले जानकारी दिनुभयो । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो कार्यक्रम सञ्चालन रहेका स्थानिय तहहरुमा कार्यक्रम प्रभावकारी रुपमा जारी रहेको छ । मेडीक मोवाईल स्वास्थ्य सेवा कार्यक्रम नेपालमा सन २०१३ मा वाग्लुङमा पाईलटीङको रुपमा सुरु गरिएको थियो । सन २०१५ मा मात्र वाग्लुङ जिल्ला भित्र पुर्ण रुपमा विस्तार गरि त्यसपश्चात गोरखा, धादिङ, ईलाम हुदै यो वर्षदेखी बैतडीमा पनि सुरु गरेको हो।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal