• ON AIR
  • UP NEXT

बैतडीमा पाँच सय बढी रांगाबोकाको बलि दिईयो

news

विनोद सिंह विष्ट–बैतडी,११ चैत-
बैतडीको विभिन्न शक्तिपिठहरुमा आज चैत्राष्टमीका दिन लाग्ने जात्रा सम्पन्न भएको छ । ती शक्तिपिठहरुमा बलिसहित पुजाआजा गरी जात्रा सम्पन्न भएको हो ।
देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर,दशरथचन्द नगरपालिकामा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर , मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा बलिसहित जात्रा सम्पनन भएको हो । चैत्राष्टमी दिन लाग्ने मेलामा प्रदेश सातका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरु आउने गर्दछन् । प्रसिद्ध निंगलासैनी भगवती मन्दिरमा २२५ रांगा र १०५ बोकाको बलि दिईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै मेलौली भगवती मन्दिरमा ८० बोका र १०० रांगा ,त्रिपुरा सुन्दरी मन्दिरमा १० रांगा र २५ बोकाको बली दिईएको प्रहरीले जनाएको छ । यि मन्दिरहरुमा लाग्ने मेलामा असोज र चैतको महिनामा बली दिने चलन रही आएको छ । मन्दिरमा चैत्राष्टमीका अवसरमा लागेको मेला शान्तपूर्ण रुपमा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै रामनवमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा पूजाआजा गरि रामनवमी पर्व मनाइएको छ । प्रत्येक बर्षको चैतमा हुने नवरात्रीमा शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको स्थानीयहरुले बताएका छन् ।
बैतडीको देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलासैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलासैनी भगवती मन्दिरमा पूजाआजा सहित बलि दिने चलन समेत रही आएको छ । चैतको नवरात्रमा चोखोभोको रहेर शक्तिपीठहरुको पूजाआजा गर्ने चलन रही आएको निंगलासैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले जानकारी दिनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal