• ON AIR
  • UP NEXT

कुपोषित बालबालिका स्वस्थ हुँदै

news

जेठ १७ बैतडी- बैतडीमा कुपोषित बालबालिका स्वस्थ हुँदै गएका छन् । जिल्लामा शिघ्र कडा कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम९ आइमाम० सञ्चालनमा आएपछि कुपोषित बालबालिका स्वस्थ हुँदै गएका हुन् ।
 
 गत भदादेखि सञ्चालनमा आएको कार्यक्रमले जिल्लामा १७ हजार १७९ बालबालिकाको पोषणको स्थितीको बारेमा जानकारी लिएको थियो । जाँच गरिएका बालबालिका मध्ये ९०२ बालबालिकामा कडा कुपोषण देखिएको शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले बताउनुभयो ।
 
 १ हजार ७२७ जनामा मध्यमखालको कुपोषण देखिएको उहाँले बताउनुभयो । कडा कुपोषण देखिएका ९०२ बालबालिका र समुदायमा महिला स्वास्थ्य स्वयंसेविका मार्फत पत्ता लागेका ३०३ बालबालिका गरि १ हजार २०४ जनाको उपचार गरिएको पराजुलीले जानकारी दिनुभयो ।
 

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal