• ON AIR
  • UP NEXT

डडेल्धुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

news

डडेल्धुरा, ९ चैत  - डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।शुक्रबार बिहान साढे ११ बजेको समयमा जिल्लाको भागेश्वर गाउँपालिका ४ शेराघाट भन्ने ठाउँमा से १ त ९५३२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना भएको हो ।दुर्घटनामा परी बझाङको थलरा गाउँपालिकाका ८ का २३ वर्षीय प्रकाश जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् । दुर्घटनमा ट्याक्टर चालक कञ्चनपुरको लालभाडी ३ का शिवराज राना चौधरी गम्भीर घाइते भएका छन् ।

उनको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । बालुवा बोकेको ट्याक्टर सडकभन्दा करिब २ सय मिटर तल खसेको उनले बताएका छन् । ट्याक्टर अनियन्त्रिय भएर पल्टिएको प्रहरीले बताएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal