• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

जेठ ३१ को चुनाव केही दिन सार्ने प्रमुख दलको तयारी

news

जेठ ३१ को चुनाव केही दिन सार्ने प्रमुख दलको तयारी १४ जेठ, काठमाडौं - आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचन केही दिन सर्ने लगभग पक्का भएको छ । चुनावको मिति सारेर भएपनि आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका छन् । राजपाले चुनावमा सहभागिता हुने संकेत दिएको छ । तर, प्रतिवद्धता जनााएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आहृवानमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपाका नेताहरु सहभागी थिए । सत्तारुढ दलका एक नेताका अनुसार चुनावको मिति केही दिन सार्ने लगभग समझदारी जुटेको छ । प्रमुख विपक्षी दल एमालेका नेताहरु पनि यसमा सकारात्मक देखिएका छन् । एमाले अध्यक्ष केपी ओली चुनाव सार्ने प्रस्तावको विपक्षमा छन् । तर, माधवकुमार नेपालसहितका नेताहरु राजपा चुनावा आउँछ भने मिति सार्न सकारात्मक छन् । चुनाव असार ७ वा ८ गतेलाई सर्ने सम्भावना छ । यसबारे भोलि प्रधानमन्त्री प्रचण्डलेे निर्वाचन आयोगसँग परामर्श गरेपछि औपचारिक निर्णय हुनेछ । राजपालाई चुनावमा सहभागी गराउन फास्ट ट्रयाकबाट ऐन संशोधन गर्ने र उम्मेदवारलाई आधिकारिता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति भएको छ । स्रोतका अनुसार यो प्रक्रिया भोलि नै अघि बढ्नेछ । चुनावको मिति सारेपछि राजपा पनि चुनावमा सहभागी हुने प्रमुख दलहरुको विश्वास छ । यद्यपि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा राजापाले संविधान संशोधन र जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धिमा नै जोड दिएका छन् । सर्वोच्चको आन्तरिम आदेश भ्याकेन्ट गराएर भएपनि संख्या बढाउनु पर्ने उनीहरुको माग छ । एक नेताका अनुसार राजपाका नेताहरुले चुनावको मिति सारेपछि हुने चुनावमा आउने ठोस प्रतिवद्धता जनाएका छैनन् । एक नेताले भने, उहााहरुले वातावरण बनाउनुस् मात्र भनेका छन् । तर, सकारात्मक देखिएका छन् ।’ चुनावको मिति सार्दा पनि राजपा सहभागी भएन भने के गर्ने भन्ने प्रमुख दलहरुको चिन्ता छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal