• ON AIR
  • UP NEXT

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन

news

बैतडी,२९ फागुन-
गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज , गोकुलेश्वर बैतडीले सोमबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै मंगलवार साँझ दीप प्रज्वलन गरिएको छ । 
क्याम्पसमा अध्ययनरत विद्यार्थी , शिक्षक तथा कर्मचारी क्याम्पस प्रांगणमै दीप प्रज्वलन कार्यक्रम गरिएको स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो । विमान दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पुर्णको मृतआत्मा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै , घाइतेलाई सिघ्र स्वास्थलाभको कामना साथै दिवंगत परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून भन्ने उद्देश्यले कलेजले दिप प्रज्वलन कार्यक्र गरेको उहाँले बताउनुभयो । सोमवार दिउँसो भएका उक्त विमान दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएका थिए भने २२ जना घाईते भएका थिए । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal