• ON AIR
  • UP NEXT

माटोको ढिस्कोमा पुरिएर ३ जना घाईते

news

बैतडी,२९ फागुन-
माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाईते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका १ श्रीखण्डका ५२ बर्षीय मानप्रसाद भट्ट, ३५ बर्षीय गोविन्दप्रसाद भट्ट र ३५ बर्षीय गणेशदत्त भट्ट रहेका छन् । घाइते मध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिनुभयो । मानप्रसाद भट्टको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्द प्रसाद भट्टको ढाड र पेटमा चोट लागेको छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्त भट्टको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डमा ढुगा निकाल्ने क्रममा आज दिउँसो १ बजे एक्कासी माथिबाट खसेको माटो ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् । माटोको ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीणगस्तीमा गएका प्रहरी र स्थानीयबासीले उद्धार गरेका थिए । गोविन्दप्रसाद भट्टको घर निर्माणका लागि उनीहरु ढुंगा निकालिरहेका बताईएको छ । 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal