• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

बाढिले एक हल गोरु ३ बाख्रा बगायो ।

news

जेठ१४, बैतडी– आईतबार दिउसो परेको पानीसंगै आएको बाढीले बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डका देवकी भट्टका दुईओटा बाख्रा बगाएको छ । बिहान ११ बजेदेखि परेको पानीले जुकौन्या खोलामा आएको बाढीले बाख्रा बगाएको हो । यस्तै भट्टाडकी गाड खोलामा आएको बाढीले स्थानीय तेजराम लोहारको एकहल गोरु बगाएको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिनुभयो । यस्तै दशरथचन्द नगरपालिका वडा नं १ दौनेबाजका बेलु लुहारको एक बाख्रो बगाएको छ । एक्कासी आएको पानीले खेतमा लगाएको बर्षे तरकारी खुर्सानी, लौका, करेला, फर्सी, बन्दा नष्ट गरेको शिखर बिउ प्रवद्र्धन सहकारी संस्थाका अध्यक्ष देवदत्त भट्टले जानकारी दिनुभयो । यस्तै कोदेखाली मणिलेकमाण्डौंबाट सडकबाट गएको भेलले मायाप्रकाश बहुउद्देश्यी नर्सरीमा लगाएको विरुवा समेत पुरेको भट्टले बताउनुभयो । एक्कासी आएको बाढीले खेतबारी समेत नष्ट गरेको उहाँले बताउनुभयो । यस्तै आज दिउँसो परेको पानीले सतबाँझ श्रीभावर सडकखण्डबाट बगेको माटोले सुर्नया ४ चनेतामा लगाएको मकैबाली पुरेको छ । दिउँसो पानीसंगै बगेको माटो तथा बालुवाले खेत पुरेको स्थानीय सुरेन्द्र महराले जानकारी दिनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal