• ON AIR
  • UP NEXT

बाँदर धपाउने अभियानमा दशरथचन्द नगरपालिका

news

विनोद सिंह विष्ट–बैतडी,२७ फागुन-
बैतडीको दशरथचन्द नगरपालिकाले शनिवारदेखि बाँदर धपाउने अभियान सुरु गरेको छ । नगरपालिकाको वडानम्बर ४,५,६ र ८ लगायतका बिभीन्न वडामा जंगली जनावर बादरले नागरीकलाई सताउन थालेपछि नगरपालिकाले बादर धपाउने अभियान सुरु गरेको हो । स्थानियले बारीमा लगाएको गहुँ तरकारी फलफुल खेती नस्ट पारेर घरभित्र रहेको खानेकुरा पनि खाइदिन थालेपछि नरपालिकाले शनिवारदेखी अभियान सुरु गरेको नगरकार्यपालिकाले जनाएको छ । नागरीकले बाँदरले दुखदिन थालेको गुनासो पटक पटक गर्दै आएपछि शनिवारदेखि ३ महिना सम्म बाँदर धपाउने कार्यसुरु गरएको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताउनुभयो । शनिवार पहिलो दिन नगरपालिकाको वडानम्बर ५ मा बाँदर धपाउने कार्य सुरु गरीएको छ । बाँदर धपाउने अभियानको नगरप्रमुख नरेन्द्र सिंह थापा र वडानम्बर ५ का वडा अध्यक्ष नारायणदत्त भट्टले सुरु गरेको स्थानिय तेज प्रकाश भट्टले जानकारी दिनुभयो । सदरमुकाम आसपासमा केही वर्षयता बाँदरले बालीनाली, फलपूmल, सागतरकारी खान थालेपछि स्थानीय सास्ती भोग्दै आएका छन्। खेतबारी मात्रै होइन बाँदरले घरभित्रको सामग्रीसमेत नष्ट गर्न थालेपछि बाँदर लखेट्ने अभियान चालेको उहाँले बताउनुभयो ।
स्थानिय मोहन बहादुर चन्दको नेतृत्व्यमा गएको बाँदर धपाउन टोलीमा स्थानिय , बिद्यार्थी,महिला लगायत सबै सरोकारवालाहरु बारीमा पुगेको नगरकार्यपालिकाले जनाएको छ । बाँदर भपाउन गुलेली , लाठी ढूंगा बोकेर नागरी बारीमा पसेका छन् । भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छोडेपछि सदरमुकाम आसपासमा बाँदरको आतंक बढेको स्थानीयबासी बताउँछन्। सीमा नदी किनारमा बाँदर छोडेपछि पारीका बाँदर वारी आएका बताइन्छ। बाँदरको व्यवस्थापनका लागि वडा नम्बर ५ ले केही बजेटसमेत विनियोजन गरेको छ। बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको दशरथचन्द नगरपालिका ८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो । बर्षौदेखिको गाउँमा बादर आतंक छ उहाँले भन्नुभयो“ लगाएका अन्नबाली बादरले सखाप पार्न थालेपछी खेतीपाती गर्न छोडेका छौं”
बाँदरले खेतमा लगाएको अन्नदेखि भान्छामा पकाएको खानासमेत खानथालेपछि स्थानीयबासीले नगरपालिकासँग बाँदर व्यवस्थापनको माग गरेका छन्। नगरपालिकाका बाँदर प्रभावित वडाका लागि कार्यक्रम ल्याउनपर्ने स्थानीयले माग गरेका छन्।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal