• ON AIR
  • UP NEXT

ताजा खबर

विश्वकप छनोट: नेपाल अफगानिस्तानसँग पराजित

news

काठमाडौँ, २६  फागुन - जिम्बाव्बेमा जारी आइसीसी विश्व छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ।

बुलाबायो एथ्लेटिक क्लबको मैदानमा नेपालले दिएको १९५ रनको लक्ष्य ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।  
अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा अविजित रहे। ४७ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। 

रहमत शाहले ७५ बल खेल्दै ५ चौकासहित ४६ रन जोडे। मोहम्मद नाबीले ३२ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। जावेद अहमदले ५४ बलमा १ चौकासहित २६ रन बनाउँदा कप्तान रसिद खान ५ चौकासहित २१ रन सीमित भए।
समिउल्लाह शेनवारी ८ रनमा अविजित रहे।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal