• ON AIR
  • UP NEXT

हिस्टानको अधिबेशन बैतडीमा सुरु

news

बैतडी,२६ फागुन-
माध्यामिक शिक्षक एसोसिएसन नेपाल हिस्टान प्रदेश नम्बर ७ को प्रथम ऐतिहासिक तथा बैतडी जिल्लाको तेस्रो सयुक्त अधिबेशनको उद्घाटनसत्र आज बैतडीमा सम्पन्न भएको छ । ‘शिक्षामा गुणस्तरीयता, युगानुकुल शिक्षा लोकतन्त्र संघियता र पेशागत स्थाइत्व हाम्रो प्रतिबद्धता ’ भन्ने नाराका साथ अधिबेसन गरीएको हो । हिस्टान बैतडीका अध्यक्ष पदम सिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी हिस्टानका केन्द्रीय अध्यक्ष दिपकराज सुबेदी रहनुभएको थियो । यस्तै बिशीस्ट अतिथीमा जिल्ला शिक्षा कार्यलय बैतडीका निमीत्त जिल्ला शिक्षाअधिकारी संकरदत्त भट्ट,हिस्टानका केन्द्रीय महासचिब पुस्प न्याउपाने,केन्द्रीय उपाध्यक्ष नरेन्द्र भट्ट रहनुभएको थियो । उद्घाटनसत्र सम्पन्न भइसकेपछि अहिले बन्दसत्र जारी रहेको छ । बन्दसत्रले प्रदेस नम्बर ७ र बैतडी जिल्लाको नयाँनेतृत्व चयन गर्नेबताइएको छ । हिस्टानका अध्यक्ष पदम सिंह ठगुन्नाले देस संघियतामा गइसकेपछि पछिल्लो समयमा शिक्षा क्षेत्रमा अन्योलता बढेकाले यसको अन्त्य गर्न हिस्टान लाग्ने बताउनुभयो । आज बैतडीमा भएको अधिबेशनलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष ठगुन्नाले शिक्षा क्षेत्रलाइ गुणस्तरीय बनाउनका लागि सबै शिक्षकले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसलाइ शिक्षा अति नै आवश्यक हुने भएकाले अहिले गुणस्तरीय शिक्षा र प्राबिधीक शिक्षाको पनि उत्तीकै आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै हिस्टानका केन्द्रीय महासचिब पुस्प न्यौपानेले आफ्नो संगठनले गुणस्तरको शिक्षा नारा लिएर हिडी रहेको बताउनुभएको छ । अहिले पनि नेपालमा सोचेजस्तो शैक्षीक अवस्था राम्रो नभएकाले यसको लागि सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ...... 
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal