• ON AIR
  • UP NEXT

महाकालीमा बेपत्ता बालक भेटिएनन्

news

बैतडी,२६ फागुन-
मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तिन दिनसम्म पनि भेट्टिएका छैनन् । शिवनाथ गाउँपालिका ६ बसेडीका १२ बर्षिय उत्तम सिंह धनाडी बिहीवार आफन्तको मलामी गएका बेला पौडी खेल्ने बेला महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् । शिवनाथ गाउँपालिका १ खाणघाँटमा पौडी खेल्ने बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेपत्ता बालकको प्रहरी चौकी महाकालीवाट खटीएको प्रहरी टोली र स्थानिय बासिन्दाले खोजी कार्य गरिरेहेका छन् ।  
 

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal