• ON AIR
  • UP NEXT

बैतडीमा १०३ कर्मचारीले स्वेच्छिक अवकाश लिदै

news

विनोद सिंह विष्ट–बैतडी,२६ फागुन-
स्वेच्छिक अवकाशका लागि बैतडीमा १०३ जना कर्मचारीले निवेदन दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय बैतडीका नायव सुब्बा गिता भण्डारीका अनुसार सबैभन्दा बढी हुलाकका २८ जना कर्मचारी रहेका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालयका १७ , कृषिका ८,बन कार्यालयका ७, पशु सेवा कार्यालयका ६ लगायत गरी १०३ कर्मचारीले स्वेच्छिक अवकाशका लागि जिल्ला प्रसासन कार्यालयमा निवेदन दिएका हुन् । स्वेच्छिक अवकाशका लागि निवेदन दिने धेरैजसो कर्मचारी श्रेणीविहीनका रहेका नायव सुब्बा भण्डारीले बताउनुभयो । 
सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् ।
सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् ।  
२० बर्ष सेवा अवधी पुरा गरेकोे तथा उमेरले ५० बर्ष नाघेका कर्मचारीका लागी सरकारले स्वेच्छिक अवकाश लिने विकल्प दिएको हो ।  अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal