• ON AIR
  • UP NEXT

बैतडी रेडक्रसमा पुनः पाण्डेय

news

बैतडी,२५ फागुन-
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ३४ औं अधिवेशन सम्पन्न  भएको छ । पाटन नगरपालिका ८ मा रहेको ज्ञानेश्वर मावि विजयपुरमा सम्पन्न अधिवेशनवाट पुन ः भिमदत्त पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।  सभापतीमा पाण्डेय सहित अन्य १२ सदस्य पनि सर्वसम्मत रुपमा निर्वाचित भएका नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सदस्य तेजप्रकाश भट्टले जानकारी दिनुभयो । आगामी ४ बर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयको अध्यक्षतामा भएको अधिवेशन उद्दघाटन सत्रमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक सुरेन्द्र ऐर प्रमुख अतिथी रहनुभएको थियो ।  कार्यक्रममा बोल्दै उहाँले संघीय संरचनाअनुसार रेडक्रसलाइ पनि नयाँ ढाचामा अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal