• ON AIR
  • UP NEXT

बालमैत्री स्थानीय शासन सिकाई श्रोत केन्द्र स्थापना

news

बैतडी,२५ फागुन-
बैतडीको पाटन नगरपालिका वडा नं ८ मा बालमैत्री स्थानीय शासन सिकाई श्रोतकेन्द्र सञ्चालनमा आएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ) को नेपालको आर्थिक र प्राविधिक सहयोगमा पाटन नगरपालिकासंगको समन्ववयमा सिकाई श्रोतकेन्द्र स्थापना भएको हो । बालमैत्री स्थानीय शासन सिकाई श्रोतकेन्द्रमा साविकको सिद्धेश्वर गाविस बालमैत्री घोषणा भएपश्चात सिद्धेश्वरको सिकाई अन्य ठाउँमा पुर्याउनका लागि श्रोतकेन्द्र स्थापना गरिएको युनिसेफ नेपालका कार्यक्रम तथा योजना अधिकृत मञ्जु वाग्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ सिकाई श्रोतकेन्द्रमा अडियो तथा भिडियोका माध्यमबाट बालमैत्री स्थानीय शासनका बारेमा जानकारी हुनेछ”
साविकको सिद्धेश्वर गाविसलाई बालमैत्री घोषणा गर्नका लागि अपनाइएका उपाय,चरण लगायतका कुराहरु सिकाई केन्द्रमा प्राप्त हुनेछन् । बालमैत्री िस्थानीय शासन सिकाई श्रोतकेन्द्र भवनकै आँगनमा बालमैत्री उद्यान निर्माण गर्ने लक्ष्य लिइएको कार्यक्रम तथा योजना अधिकृत वाग्लेले जानकारी दिनुभयो । खोड्पेमा स्थापना गरिएको बालमैत्री स्थानीय शासन सिकाई श्रोतकेन्द्र प्रदेश नम्बर सातको पहिलो सिकाई केन्द्र रहेको पाटन नगरपालिकाले जनाएको छ । बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ,बाल संरक्षण,बाल बिकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भन्ने बुझिन्छ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal