• ON AIR
  • UP NEXT

अन्तराष्ट्रिय नारी दिवस बैतडीमा पनि मनाईयो

news

बैतडी,२४ फागुन-आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, बैतडीमा पनि बिभीन्न कार्यक्रम गरी मनाइएको छ । ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ जिल्लाका बिभीनन स्थानियतहका महिलाहरुले कार्यक्रम गरी मनाएका छन् ।
 
दिवसको अवसरमा बैतडीको सदरमुकाम गोठापानिमा बिहान प्रभातफेरी गरेर दिउँसो देउडा प्रतियनेगीता लगायत अन्तिक्रीया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको महिला अधिकारकर्मिले बताएका छन् । दशरथचन्द नगरपालिकाको सहयोगमा महला उत्थान केन्द्र बैतडीले मनाएको दिवसमा बिभीन्न कार्यक्रम गरीएको महिला शक्ती केन्द्रका अध्यक्ष देवु ठगुन्नाले बताउनुभयो ।
 
पतृसतात्मक सोचका कारण अझै पनि महिलाले आफ्नो अधिकार लिन नपाएको महिला अधिकार कर्मिले बताएका छन् ।  काम गर्ने क्रममा पनि महिलालाइ बिभेद भएकाले महिलाले पनि पुरुष सरह पारश्रमीक पाउनुपर्ने उनिहरुको भनाइ छ । यस्तै अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दशरथचन्द नगरपालिका २ देहीमाण्डौं गतिशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना मदिरा तथा जुवातास नियन्त्रण अभियान सुरु भएको छ ।
 
मदिरा तथा जुवातासले महिला तथा बालबालिका समस्यामा परेका यो अभियान सुरु गरिएको संस्थाका सहव्यवस्थापक भागरथी भण्डारीले जानकारी दिनुभयो । यस्तै दिवसको अवसरमा अन्तरक्रिया, देउडा प्रतियोगिता र गर्भवती महिलालाई आयोडिनयुक्त नुन वितरण गरिएको छ । यस्तै दिवसको अवसरमा वडाका नवनिर्वाचित जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुलाई सम्मान गरिएको छ । हिरा बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नं २ का वडाअध्यक्ष रनबहादुर प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा स्नेही महिला जागरण केन्द्रका संस्थापक अध्यक्ष कृष्णाकुमारी पुन बिशिष्ट अतिथी रहनुभएको थियो ।
 
यस्तै सुर्नया २ का महिलाहरुले आज पातालभुमेश्वर धाममा सरसफाई गरेर महिला दिवस मनाएका छन् । दिवसको अवसरमा पातालभुमेश्वर क्षेत्रमा सरसफाई गरिएको मदिरा नियन्त्रण समितिका सचिव माया बिष्टले जानकारी दिनुभयो । 
 
    बैतडीको जिल्ला सदरमुकाम दशरथचन्द नगरपालिका, साडा नेपाल अन्तरगत संचालन गरिएका MRED-II परियोजना र  पहल कार्यक्रम, सुआहारा, स्वदेश, महिला उत्थान केन्द्र, संजीवनी नेपाल र बैतडी जिल्लाका द.न.पा. स्थित विभिन्न क्रियाशिल समुह तथा सरोकारवालाहरुको साझेदारीमा देउडा प्रतियोगिता र विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको साथमा अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो । 
 
    यसै क्रममा सामाजिक चेतना तथा विकास संघ (साडा), बैतडी ले जिल्लामा आफुले काम गरिरहेका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, परियोजना र स्थानीय तहहरु संगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस सम्पन्न गरेको छ ।
 
खास गरी साडा नेपालले जिल्लाका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाहरुमा सम्वन्धित स्थानीय तह र त्यस क्षेत्रमा क्रियाशिल संस्था र परियोजनाले खास गरी साडा नेपाल द्वारा संचालित पहल कार्यक्रम, द्वारिका देवी ठगुरानी स्मृति प्रतिष्ठान र ग्रामिण जलश्रोत व्यवस्थाापन परियोजना संगको सहकार्यमा विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम र महिला समुहहरु वीच डेउडा प्रतियोगिता गराई महिला दिवस मनाईको छ । 
 
 
     साडा नेपाल ले कामगरिरहेको क्षेत्र डिलाशैनीगाउपालिका  वार्ड न. ६ को कार्यालय, साडा नेपाल द्वारा संचालित MRED-II परियोजना र महिला उत्थान समाजद्वारा संचालित Creating  Spaces  परियोजना संगको सहकार्यमा आज डिलासैनीगाउँपालिकाको ६ नं. वडामा पनि विभिन्न क्रियाकलापहरुको साथमा तथा समुदायका महिला र सरोकारवालाहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको कुरा साडा नेपालका कार्यक्रम संयोजक हर्क वहादुर ऐेर ले जानकारी दिनुभयो ।
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal