• ON AIR
  • UP NEXT

गाउँघरको सरकार पहिलो चरणको कार्यक्रम सम्पन्न,अब जनता दरवार.. ।।

news

सिपि लोहिया/बैतडी,

       स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै रेडियो निंगलाशैनीले सञ्चालन गर्दै आएको रेडियो अन्तरक्रिया अन्र्तगत पहिलो चरणको कार्यक्रम बैतडीको दशरथचन्द नगरपालिकामा सुक्रबार सम्पन्न गरेको छ । अन्तरक्रियामा दशरथचन्द नगरपालिकाको मेयर,उपमेयर र वडाअध्यक्षका उम्मेवार र नागरिकको सहभागिता रहेको थियो । अन्तरक्रियामा सहभागी नागरिकले उम्मेद्वारहरुसंग दशरथचन्द नगरपालिकाको विकासका लागि उनीहरुसंग भएको रणनीतिका बारेमा प्रश्न गरेका थिए । नागरिकले गरेका प्रश्नको उम्मेद्वारहरुले जवाफ दिएका थिए । यस्तै रेडियोले बैतडीका १०ओटै स्थानिय तह र दार्चुलाको शैल्यसिखर नगारपालिकामा पनि कार्यक्रम सम्पन्न गरेको छ ।

फोटो–दशरथचन्द नगरपालिकामा सञ्चालन भएको कार्यक्रमको झलक

 

स्थानीय तहको निर्वाचनका उम्मेद्वारका चुनावी एजेण्डा र नागरिकका जिज्ञासा बीच साझा बहस गराउने उदेश्यले रेडियोले गाउँघरको सरकार कार्यक्रम सञ्चालन गरेको हो । रेडियोले बैतडीको दशरथचन्द नगरपालिका सगैँ पुरचौडी नगरपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकामा पनि रेडियो कार्यक्रम गाउँघरको सरकार सञ्चालन गरेको हो ।

फोटो–बैतडीको मेलौलि नगरपालिकामा सञ्चालन भएको कार्यक्रममा सहभागी हरु

बैतडीका सबै स्थानिय तह तथा दार्चुलाको शैल्यसिखर नगरपालिकाका नागरिकले रेडियो ले गरेको यो कार्यक्रम निकै राम्रो र जनताको अपेक्षा अनुरुप भएको बताएकाछन् । कार्यक्रमले स्थानिय नागरीकलाई चुनावमा कस्तो ब्यक्तिलाई भोट दिने भन्ने अन्योलतालाई सहज तुल्याउने सैल्यसिखर १ दार्चुलाका लाल बहादुर बिकले बताउनुभयो । यस्तै बैतडीको दशरथचन्द नगरपालिका ७ का स्थानिय बासिन्दा कृष्ण दत्त भट्टले  मिडियाले जनताको माझमा गर्ने छलफल हरेक बेला सञ्चालन गरिरहनुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालन भएका सबै ठाउँका स्थानिय बासिन्दाहरुले कार्यक्रम गाँउघरको सरकार निकै सराहनिय रहेको बताएकाछन् ।

फोटो – सिगासमा गरिएको कार्यक्रम

स्थानिय तहमा रहेडियो निङ्गलाशैनिले सञ्चालन गरेको कार्यक्रम गाउँघरको सरकारमा सो स्थानिय तहका उमेदवार र स्थानिय बासिन्दा बिच साझाँ बहस सञ्चालन गरेको हो । उक्त बहसमा आम नागरिकले सो क्षेत्रका बिभिन्न समस्याहरु दलका मुख्य एजेण्डा बन्नुपर्ने बताएकाछन् । कार्यक्रममा सहभागी उमेदवारहरुले पनि जनताको अपोक्षा अनुरुपका कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् । रेडियो ले सञ्चालन गरेका बिभिन्न ११ ठाउँमा सहभागी अधिकासं उमेदवारहरुले आफ्नो वार्ड तथा नगरपालिका तथा गाउँपालिकालाई नमूना बनाउने अभिब्यक्ति दिएका छन् । मुख्य बिकाश निर्माण तर्फ खानेपानि, सडक, बाटो, पुल निमार्णमा ध्यान दिनुपर्ने स्थानियले बताएकाछन् ।  यस्तै आफ्नो स्थानिय तहमा बिजयी हुने ब्यक्तिले जुवातास, जाड रक्सी नियन्त्रण गर्न पहल गर्नुपर्ने पनि बताएका छन् । यस्तै छाउपडि प्रथा,जातिय बिभेद, लैगिंक हिसां, बाल बिवाह लगायतका समस्याहरु अन्त्य गर्न पहल गर्नुपर्ने बताएकाछन् । र यी सबै कुराहरु प्रति उमेदवारहरु पनि जिम्मेवार भएर लाग्ने उमेदवारले बताएकाछन् ।उमेदवारहरुले भने यतिमात्रै समस्या नहरेको र सबैको शिक्षा,स्वास्थ्य,खेलकूद, रोजगारी लगायतका कुराहरुको ग्यारेण्टी समेत गर्ने प्रतिबद्धता ब्यक्त गरेकाछन् । उमेदवारहरुले स्थानिय स्तरका श्रोत साधनको अधिक्तम प्रयोग गर्ने आफ्नो स्थानिय तह तथा वडा सम्बृद्ध बनाउने बताएकाछन् । 

फोटो – बैतडीको सिबनाथमा भएको कार्यक्रमको झलक

बिभिन्न स्थानिय तहहरुमा कार्यक्रम गाउँघरको सरकार सञ्चालन गर्न पाउदाँ निकै खुसि लागेको रेडियो निङ्गलाशैनिका प्रवन्ध निर्देशक महेश अवस्थीले बताउनुभयो । कार्यक्रम सञ्चालन भएको अधिकाशं स्थानिय तहहरुमा सहभागी हुनुभएका प्रवन्ध निर्देशक अवस्थी ले जनताको साथ र सहभागीताका कारण यो कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो "हामी आफै दुर्गम क्षेत्रहरुमा पुगेर त्यहाँका नागरिकका हरेक कुराहरुको अध्ययन गरेका छौँ आगामी दिनमा सुचना समाचार सम्प्रेशण गर्ने क्रममा ध्यान दिनुपर्ने बिषय बारे समेत सिकाई भएको छ,जनताको मिडिया प्रति देखिएको उत्सुकता को कदर गर्छौ र आगामी दिनमा पनि जनमुखि मिडिया भएर हाम्रो टिम काम गर्छ उहाँले भन्नुभयो" । यस्तै रेडियो निङ्गलाशैनिका कार्यकारी निर्देशक समेत रहनुभएका पत्रकार महासघं बैतडीका उपाध्यक्ष  अमर भट्टराईले स्थानिय तहको चुनाव पनि रेडियो ले "जनता दरवार" भन्ने कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । गाँउघरको सरकार अन्र्तक्रिया कार्यक्रम को क्रममा धेरै नागरिकको सोचाई मिडिया गाँउमुखि हुनुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै उहाँले बैतडीका हरेक नागरिकको मिडिया सगं पहुँच पु¥याउने समेत दावी गर्नुभयो ।  जनतालाई हरेक बेलामा सञ्चार माध्यमको आवस्यकता पर्ने भएकोले आफुहरुको टिमले सो आवस्यकता पुर्तिगर्ने बताउनुभयो ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal