• ON AIR
  • UP NEXT

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मेलौलीलाई

news

बैतडी,२३ फागुन-
मणिलेक मा वि काँडा मेलौलीले बैतडीमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हात पारेको छ । 
कृष्ण मावि पाटनको खेल मैदानमा बुधबार सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको १० औं संस्करणमा १३ स्वर्ण, ५ रजत र ५ कास्य पदक सहित मणिलेक मा वि काँडा मेलौलीले उपाधी हात पारेको हो । प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ३ कास्य सहित कृष्ण मा वि दोस्रो भएको छ । ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित ज्ञानेश्वर मा वि विजयपुर तृतीय भएको छ । त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुले क्रमशः १५ हजार,  १२ हजार र नौ हजार पुरस्कार समेत प्राप्त गरेका छन् । फागुन १९ गते देखि सुरु भएको १० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बैतडीका ३० ओटा विद्यालयको सहभागिता रहेको थियो । अगामी बर्ष  हुने ११ औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता पाटन नगरपालिकाको ज्ञानेश्वर मावि विजयपुरले आयोजना गर्ने भएको छ ।
यसैविच राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रमको समापन समारोहमा बोल्नुहुदै  बैतडी क्षेत्र नं क का प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट ‘आदित्य’ले  विद्याथीको  पढाईसंगै खेलकुद पनि आवश्यक रहेको बताउनुभएको छ ।  उहाँले भन्नुभयो“ खेलकुदले देश तथा अन्र्तराष्ट्रिय जगतमा समेत चिनाउने भएकोले पढाईसंगै खेलकुदमा पनि जोड दिनुपर्छ ”  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal