• ON AIR
  • UP NEXT

स्यालतडीका बिस्थापित ५० घरपरिवार अझै गाउँमा फर्केनन्

बैतडीको मेलौली नगरपालीका वडा नम्बर १ स्यालतडीमुद्रेका ५० घरपरिवार बिस्थापित भएकाहरु अझै गाउँमा फर्कन सकेका छ्रनन् । २०६२ साल भदौमा आएको पहिरोले खानेपानीको नहर भत्कायपछि पानि नभएर गाउँछोडेका स्थानिय अहिले सम्म गाउँ फर्कन नसकेको बताइएको छ ।

अहिले सो ठाउका ५० परिवारको २०५ रोपनी खेत प्रयोग बिहीन भएको शेर बहादुर चन्दले बताउनु भयो । अहिले धान, मकै लगाउने बेलामा बारी बझै राख्नुपरेकाले हातमुख जोर्न पनि समस्या हुने स्थानियले बताएका छन् ।

सिंचाइ गर्ने कुलो भत्किएपछि विस्थापित हुनुपरेको भएपनि अझै गाउँ फर्कन नसकेको  स्थानीय जयदत्त भट्टले जानकारी दिनुभयो । सुर्नयानदीबाट ३ किलोमिटर टाढाबाट परम्परागत रुपमा स्थानीयले निर्माण गरेको कुलो भत्किएपछि आफूहरुले विस्थापित हुनुपरेको उहाँले बताउनुभयो । यसका लागी जिल्लामा खानेपानी तथा सरसफाइ डिभीजन कार्यलयबाट ५ लाख, सिचाइ बाट ढाइलाख  छुट्याइएको भएपनि काम सुरु हुनसकेको स्थानियले बताएका छन् ।

बर्षाको तीनखेती हुने मैदानी फाँटसिंचाइको अभावमा बाँझै रहेपछि आफूहरुलाई समस्या भएको उहाँले बताउनुभयो । धान गहुँ र फलफूल प्रशस्त फल्ने स्यालतडी मुद्रेमा अहिले जमिन सबै बाझै रहेको छ । बिस्थापित भएका परिवार अहिले मेलैली नगरपाीका ६ मा रहेको सामुदायिक बनमा कच्ची टहरा निर्माण गरेर बसीरहेका छन् । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal