• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

सगंठन कमजोर भएकोले सोचे अनुरुप उपलब्धी प्राप्त गरेनौ : महामन्त्री चन्द

news

जेठ १२, बैतडी / सिपि लोहिया
             राष्ट्रिय प्रजातन्त्र पाट्रिका महामन्त्री तथा ब्यवस्थापिका सासंद जयन्त चन्दले दोश्रो चरणको चुनावमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । रेडियो निङ्गलाशैनि को कार्यक्रम स्थानिय निर्वाचन बिकाश र चासोमा कुरा गर्दै उहाँले जनता अहिले चुनावको पक्षमा भएकाले कुनैपनि हालतमा जेठ ३१मै चुनाव सम्पन्न हुनुपर्ने बताउनुभयो । 
पुर्व बाणिज्यमन्त्री  समेत रहनुभएका नेता चन्द ले पहिलो चरणको निर्वाचनमा राप्रपाले सोचे अनुरुप परिणाम ल्याउन नसकेकोमा आफुहरुकै कमजोरी रहेको बताउनुभयो । राप्रपाका एजेण्डा राम्रा भएपनि एजेण्डा बारे जनतालाई बुझाउन नसकेको बताउनुभयो । तर दोश्रो चरणको चुनाव का लागी भने एजेण्डाका बिषयमा जानकारी दिई जनताका मत आफ्नो पक्षमा पार्ने बताउनुभयो । सवैंधानिक राजतन्त्र र हिन्दुराष्ट्र आफुहरुको एजेण्डालाई जनताले मनपराउने दावी गर्नुभयो  । उहाँले भन्नुभयो “हामीले अहिलेपनि जनमत सग्रंहमा जाउ भनेका छौँ दलहरु यदि जनमत सग्रंहमा जान तयार भए भने हामी त्यस्मा जीत हासील गरेर देखाउछौँ र हिन्दुराष्ट कायम गर्न सकिन्छ,, उहाँले भन्नुभयो ।  
राप्रपा महामन्त्री चन्दले बैतडीका अधिकासं स्थानिय तहमा राप्रपा बिजयी हुने दावी गर्नुभएको छ । जिल्लामा आफ्नो सागंठनिक अवस्था कमजोर रहेका कारण चाहे अनुरुपको उपलब्धी हासील गर्न नसकेको तर अब आफुहरु पछिल्लो समय सगंठन निर्माणमा पनि लागेको र पाट्रि एकिकरण समेत भैसकेकाले जित सुनिस्चीत रहेको दावी गर्नुभयो । राप्रपाले जितेपछि भ्रष्टाचारको अन्त्य गर्ने र बिकास निर्माणका ठोस योजना बनाएर लागुगर्ने बताउनुभयो ।
 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal