• ON AIR
  • UP NEXT

सडक बिस्तारसंगै सुर्नयाको मुहार फेरिदै

news

विनोद सिंह विष्ट–बैतडी,२७ माघ-
सडक सञ्जाल बिस्तार भएसंगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिदै गएको छ । केही बर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौंहिड्नुपर्ने बाध्यता रहेको भएपनि सडक बिस्तारले त्यो बाध्यता हटेको छ ।  गाउँमा कुनै मान्छै बिरामी भएपनि उपचारका लागी लैजान समस्या हुने गरेको भएपनि सडक बिस्तारसंगै सहज भएको सुर्नया ५ का सुरेस विष्टले बताउनुभयो । सडक नहुँदा यसअघि सदरमुकाम जान समेत ३÷४ दिन लाग्ने गरेको भएपनि हाल आएर एक दिनमै सदरमुकाम पुग्न सकिने भएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनुभयो । सडक सञ्जाल बिस्तार भएसंगै सहज रुपमा गाउँमै सबै किसिमको सामान पाईने गरेको शंकर विष्टको भनाई छ । ग्रामिण क्षेत्रमा सडक बिस्तारसंगै गाडी चल्न थालेकोले गाउँमा उत्पादित कृषि सामग्री सहज रुपमा बजारसम्म लैजान सजिलो भएको सुर्नया गाउँपालिका ५ का स्थानीय बासिन्दा  हर्क बहादुर विष्टले जानकारी दिनुभयो । 
सडक बिस्तारले ग्रामिण अर्थतन्त्र क्रियाशिल भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर वहादुर विष्टको भनाई रहेको छ । गाउँको विकासका लागी सडकले टेवा पुगेको  उहाँले बताउनुभयो ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal