• ON AIR
  • UP NEXT

नवनिर्मित टेलिकमको टावर सुचारु भएन

news

बैतडी,२६ माघ-
बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ को जित्कीजवाडमा रहेको नेपाल टेलिकमको टावर निर्माण गरेपनि सुचारु नहुँदा समस्या भएको छ । करिब २ बर्ष अघि टावर निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म सुचारु नहुँदा आफुहरुलाइ समस्या भएको सुर्नया ७ का बिरेन्द्र कुँवरले बताउनुभयो । टावर सुचारुका लागि पटक पटक सम्न्धीत निकायलाइ जानकारी गराउदा पनि भोली भोली भन्दै  झारो टार्ने काम गरेको स्थानीयबासिले गुनासो गरेकाछन् । सतबाँझमा रहेको नेपाल टेलिकमको टावरले कहिले काहि मात्रै काम गर्ने र कहिले नगर्ने समस्याले आफुहरुलाइ सञ्चार गर्न निकै समस्या रहेको नागरीकले गुनासो गरेका छन् ।  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal