• ON AIR
  • UP NEXT

उप–मेयरकप महिला क्रिकेट फागुन ७ देखि

news

विनोद सिंह विष्ट–बैतडी,२६ माघ –
प्रजातन्त्र दिवसको अवसरमा अगामी फागुनमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम उपमेयरकप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले बताउनुभयो । निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका महिला क्रिकेट टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा उपाधी बिजेताले २५ हजार र उपविजेताले १५ हजार नगद,ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछ यस्तै म्यान अफ द सिरिज १ जनाले नगद २ हजार ट्रफी र प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal