• ON AIR
  • UP NEXT

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

news

बैतडी ,२५ माघ-
बैतडीको डिलासैनी गाउँपालिका वडानम्बर ७ मा रहेको डिलासैनि माबि खेतागाउँ बिद्यालयका शिक्षकले आजदेखि बिद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । २ बर्षदेखि तलब नपाएकोभन्दै बिद्यालयमा तालाबन्दी गरेको शिक्षक राजेन्द्रप्रसाद जोशीले  बताउनुभयो । उहाँले भन्नुभयो“२ बर्षदेखि तलब नपाएकाले तलब नपाउँदा सम्म बिद्यालयको ताला खोल्ने छैनौं ” 
उक्त निजी स्रोतबाट राखिएका ६ जना शिक्षकहरुले २ बर्षदेखि तलब पाउन सकेका छैनन् । बिद्यालयमा प्राबि तहको दरबन्दीमात्रै भएपनि स्थानियले निजीस्रोतबाट शिक्षक राखेर बिद्यालयलाइ माबि तह सञ्चालन गरिरहेका छन् । यता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबराज जोशीले बिद्यालयको आयस्रोत नहँुदा निजी स्रोतबाट राखेका शिक्षहरुलाइ तलब दिन नसकेको बताउनुभयो । ७ नम्बर वडामा माबितहको बिद्यालय नहुँदा निजी स्रोतबाटै सो बिद्यालयलाइ माबि तहमा सञ्चालन गरेका हौं उहाँले भन्नुभयो“ अब गाउँपालिकासंग बजेटको माग गरी शिक्षकलाई तलब दिन्छौंं” 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal