• ON AIR
  • UP NEXT

बुवाको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामग्री

news

बैतडी,२५ माघ-
बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक,झोला र कापीकलम वितरण गरिएको छ ।
१२ बर्ष अगाडी स्वर्गीय हुनुभएका बुवा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै,लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ३६ जना बालबालिकालाई पोसाक,झोला र कापीकलम वितरण गरेको हो ।
रौलेश्वर मावि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रधानाध्यापक गणेश दत्त अवस्थीमार्फत उक्त सामग्री विद्यार्थीलाई वितरण गरिएको छ । विद्यालयमा गरिएको कार्यक्रममा स्वर्गीय हुनुभएका गणेश मडैका श्रीमती जयमती मडै, आमा रुवसी मडै, छोरा रिजन मडै र छोरी मुना मडैले उक्त सामग्री प्रधानाध्यापक मार्फत वितरण गरेका हुन् ।स्वर्गीय बुवाको सम्झना उक्त विद्यालय गत बर्षदेखि पोसाक,झोला र कापीकलम वितरण गरिदै आएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal