• ON AIR
  • UP NEXT

रौलाकेदार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

news

विनोद सिंह विष्ट–बैतडी,२४ माघ-
बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निशुल्क स्वास्थ्य शिविरवाट १ हजार २ सय बढी नागरिक लाभान्वित भएका छन् । 
हाम्रो सुर्नया हाम्रो पहिचान , स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका , रौलेश्वर पुर्व विद्यार्थी समाज र शुक्रपथ फाउन्डेसनको संयुक्त आयोजनामा सोमवारदेखि सुरु भएको निशुल्क स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको हो । 
स्वास्थ्य शिविर संयोजक रीजन मडैका अनुसार १ हजार २ सय ९३ जना प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो ।  शिविरमा जनरल फिजीसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवा लगायतका सेवाहरु  प्रदान गरिएका थिए । 
जसमा स्त्रीरोग सेवा २ सय १० जना, दन्त सेवा १ सय ४१, नाक कान घाटी ३५ जना,  स्वाशप्रश्वास सम्बन्धी १ सय २२,ग्याष्ट्रीक १ सय ५५ जनाले सेवा लिएको बताइएको छ । यस्तै अल्ट्रासाउड सेवा ५४ जना,प्रयोगशाला १ सय २८ र  ५ सय ४७  जनाले अन्य स्वास्थ्य सेवा तथा परामर्श लिएको मडैले बताउनुभयो ।  गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिनुभयो । ग्रामिण क्षेत्रमा भएका गरिब नागरिकको स्वास्थ्यको ख्याल गर्दैै निशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हौ उहाँले भन्नुभयो“यो पहिलो अनुभव हो यस्तै शिविरलाई अगामी दिनहरुमा पनि निरन्तरता दिनेछौं ”
सुर्नयामा निशुल्क स्वास्थ्य शिविर मार्फत सेवा लिन पाएकोमा नागरिकले खुसी व्यक्त गरेका छन् । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal