• ON AIR
  • UP NEXT

पूर्ण सरसफाई कार्यक्रम लागू

news

बैतडी, २२ माघ-
बैतडीको दशरथचन्द नगरपालिकाका ४ ओटा वडामा पूर्ण सरसफाई कार्यक्रम लागू भएको छ । नगरपालिकाको वडा नं १,६ र १० मा रुडेस र वडा नं ५ मा दशरथचन्द नगरपालिकाले सहजीकरण गरिरहेको छ । युनिसेफ नेपालको सहयोगमा पूर्णसरसफाई कार्यक्रम लागू भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो । अहिले वडाहरुमा पूर्ण सरसफाईयुक्त घर पहिचान गर्ने काम भईरहेको छ । उहाँले भन्नुभयो“ पूर्ण सरसफाईयुक्त घरका लागि २६ ओटा सूचक पूरा हुनपर्छ” 
२६ ओटा सूचक पूरा भएको घरमा स्टीकर टास्ने काम भईरहेको जोशीले जानकारी दिनुभयो । यसका लागि समुदायमा सचेतीकरणका कार्यक्रम सञ्चालन भईरहेका बताईएको छ ।  
पुर्ण सरसफाई कार्यक्रम लागू गर्न व्यक्तिगत र घरायासी सरसफाईमा चर्पीको प्रयोग, सुरक्षित खानाको प्रयोग, सुरक्षित पानीको प्रयोग, घरायसी सरसफाई र साबुनपानीको प्रयोग लगायतका २६ सूचक आवश्यक पर्दछन् ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal