• ON AIR
  • UP NEXT

मदिरा विक्रिवितरण गर्ने ३ जना पक्राउ

news

बैतडी,२१ माघ-
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेक मदिरा विक्रिवितरणमा रोक लगाएपछि चोरेर मदिरा विक्रि गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । वडा कार्यालयले वडामा मदिराको विक्रि वितरण गर्नमा रोक लगाएपछि लुकीछीपी मदिरा विक्रि गर्नेको संख्या बढ्न थालेपछि प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सुरु गरेको नागार्जुन प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मिट्ठु बोहराले जानकारी दिनुभयो  । लाइसेन्स बिना मदिराको लुकीछिपी व्यापार गर्ने तीन जनालाई पक्राउ गरिएको हो उहाँले भन्नुभयो“ लुकाएर विक्रि गर्ने गरेको मदिरा बरामद गरेर मदिरा नियन्त्रण समिति र स्थानीय जनप्रतिनिधिहरुलाई बुझाउने गरेका छौं ”  मदिरा नियन्त्रण समितिका अनुसार लामाखालीका स्थानिय लक्ष्मीदत्त जोशीबाट अबैधरुपमा देहीमाण्डौबाट ल्याउने क्रममा २ पेटी मदिरा बरामद गरिएको छ । उहाँलाई ५ हजार जरिवाना गरी सचेत गराएर छोडिएको छ । केही दिन अघि २ जनालाई पनि कार्वाही गरिएको थियो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal