• ON AIR
  • UP NEXT

सुर्नया कप भलिबलको उपाधि बरायललाई

news

बैतडी,२० माघ -
बैतडीको सुर्नया गाउँपालिकाले आयोजना गरेको सुर्नया कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि रौलेश्वर मावि रामकी बरायलले हात पारेको छ । वासुलिङ्ग टाइगर यूवा क्लबलाई पराजित गर्दै रौलेश्वर माविले उपाधि जितेको हो । उपाधिसंगै रौलेश्वर माविले नगद ५ हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता वासुलिंग टाइगरले नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेश्रो भएको केदार मावि कठमडाले २ हजार नगद मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गाउँपालिकामा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको सुर्नया गाउँपालिकाले जनाएको छ । प्रतियोगिता अवधिभर समाचार सम्प्रेषण गरेर सहयोग गरेको भन्दै रेडियो निंगलासैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्जलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । यस्तै पाटन नगरपालिका ७ स्थित भुवनेश्वर आधारभूत विद्यालयको २९ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिताको उपाधि महारुद्र स्पार्टस क्लब ए मेलौली ५ ले हात पारेको छ । उपाधिसंगै उसले नगद १० हजार र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्ने भूमीराज यूवाक्लब पाटन १ सकारले नगद ५ हजार  तथा प्रमाण पत्र र तृतीय स्थान प्राप्त गर्ने महारुद्र स्पोर्टस क्लब बी मेलौली ५ ले नगद २ हजार र प्रमाण पत्र प्राप्त गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह पेलाको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहनको समापन कार्यक्रममा पाटन नगरपालिका ७ का वडा अध्यक्ष ललितबहादुर चन्द प्रमुख अतिथी रहनुभएको थियो । सोही अवसरमा विद्यालयलाई सहयोग गर्ने पदराम पार्की, लक्ष्मणदत्त जोसी र गोरखबहादुर चन्दलाई सम्मान गरिएको हाम्रा सम्वाददाता लक्ष्मण पार्कीले जानकारी दिनुभयो ।  
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal