• ON AIR
  • UP NEXT

सन्दिपले आईपीएल खेल्ने, दिल्लीले २० लाख भारुमा किन्यो

news

काठमाडौं ,१४ माघ-नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ ।

आइतबार भएको अक्सनमा दिल्लीले १७ वषर्ीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् ।

दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ-आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुडि्कलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिन्छन्, जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।

सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal