• ON AIR
  • UP NEXT

प्रदेशसभा चलाउन कार्यविधि दिग्दर्शन

news

काठमाडौं, १४ माघ – प्रदेशसभा सञ्चालनलाई सहज र व्यवस्थित बनाउन संघीय संसद् सचिवालयले अन्तरिम कार्यविधि समेटिएको दिग्दर्शन पठाइदिएको छ ।

संघीय संसद सचिवालयले प्रदेश संसदलाई पठाएको दिग्दर्शमा अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेत उल्लेख भएको संसद सचिवालयले जनाएको छ ।

प्रदेश सञ्चालनमा क्रममा कुनै विधि र प्रक्रिया गलत नहोस भनेर अन्तरिम कार्यविधि समेटिएको दिग्दर्शन बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

नेपालमा प्रदेशसभा नयाँ अभ्यास भएकाले प्रदेश सांसदका कर्मचारी अलमलमा नपर्ने गरी दिग्दर्शन तयार पारिएको उहाँले जानकारी दिनुभयो । बैठक सञ्चालनको विधि र प्रक्रियासहितको अन्तरिम कार्यविधिको मस्यौदालाई प्रदेशसभाको पहिलो बैठकले अनुमोदन गर्नुपर्नेछ ।

चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार केही प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरिसकेका छन् ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal