• ON AIR
  • UP NEXT

दुइ चरणमा निर्बाचन गराउने प्रस्ताव को बैतडीमा बिरोध

news

बैसाख १० / बैतडी,
 
सरकारले दुई चरणमा स्थानिय तहको निर्बाचन गराउने प्रस्ताव ल्याए सगंै यस्को सबत्र बिरोध भएको छ । मुख्य रुपमा प्रतिपक्षि दल नेकपा एमालेले देशका बिभिन्न ठाउँहरुमा बिरोध सभाको आयोजना गरेको बताईएको छ । 
 
यसै अन्र्तगत आज बैतडीको पाटन नगरपालिका ८,९ र १० का वार्ड कमिटि हरुले खोड्पेमा बिरोध कार्यक्रमको आयोजना गरेको छ । स्थानिय तहको चुनाव बैसाख ३१ ग्ते एकै चरणमा गरिनुपर्ने माग राख्दै नारा जुलुस सहित बिरोध प्रदसन गरेको  वार्ड न.९ बाट अध्यक्षका उमेदवार लोकेन्द्र भण्डारीले बताउनुभयो । 
 
बिरोध सभामा एमाले कार्यकर्ताहरु तथा स्थानिय बासिन्दाहरुको सहभागीता थियो । बिरोध कार्यक्रममा एमाले बाट पाटन ९का अध्यक्षका उमेदवार लोकेन्द्र भण्डारी, वार्ड न१०का अध्यक्षका उमेदवार देवेन्द्र कुवर, वार्ड न८का लागी अध्यक्षका उमेदवार मान बहादुर ऐर तथा प्रदेश ७ सम्पर्क कमिटिका सदस्य लोकेन्द्र भण्डारीले कोण सभालाई सम्बोधन गर्नु भएको थियो ।
 
 उनिहरुले कुनैपनि हालतमा बैसाख ३१ गते नै एकै चरणमा स्थानिय तह चुनाव हुनु पर्नेमा जोड दिएका छन् ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal