• ON AIR
  • UP NEXT

खलंगा च्याम्पियन,देहिमाण्डौं ६ विकेटले स्तब्ध

news

विनोद सिंह विष्ट–बैतडी,११ माघ–
बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधी दशरथचन्द नगरपालिका ४ खलंगाले हात पारेको छ । बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधी भिडन्तमा दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ६ विकेटले स्तब्ध पार्दै उपाधी रक्षा गरेको हो । टस हारेर ब्याटिङको निम्ता पाएको देहिमाण्डौं १९ दशमलव १ ओभरमा १३७ रनमा समेटियो । जगेन्द्र बोहराले ३३, रिषिकेश बोहराले २८ तथा खडक बोहराले २५ रनको योगदान गरे ।खलंगाका प्रदिप चन्द र हरिस कार्कीले समान ३÷३ विकेट हात पारे । १३८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको खलंगाले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । म्यान अफ द फाईनल भएका सुरज बोहराले नटआउट ६६ रनको योगदान गरे । राजु भाटले २० तथा हरिस कार्कीले १७ रन बनाए । देहिमाण्डौंका रिषिकेश बोहरा, गजेन्द्र बोहरा र सुरेन्द्र बोहराले समान १÷१ विकेट हात पारे । 
उपाधी  विजेतासंग खलंगाले नगद ५० हजार पुरस्कार प्राप्त परेको छ भने उपविजेता देहिमाण्डौंले ३० हजारमा चित्त बुझाएको छ ।  
यसैबिच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ११४ रन तथा ७ विकेट हात पार्ने खलंगाका सुरज बोहरा म्यान अफ द सिरीजका साथै उत्कृष्ट ब्याट्सम्यान घोषित  भएका छन् । सुरजले नगद ५ हजार पुरस्कार पाएका छन् । यस्तै प्रतियोगिताभर ९ विकेट हात पार्नुका साथै ७६ रन बनाएका देहिमाण्डांैका रिषिकेश बोहरा उत्कृष्ट  बलर भए । विजेता उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा र उपप्रमुख मिना चन्दले पुरस्कार वितरण गर्नुभयो । 
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । 
माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal