• ON AIR
  • UP NEXT

मेयर कप : स्थगित फाईनल खेल आज

news

विनोद सिंह विष्ट–बैतडी,११ माघ–
बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे फाईनल खेल आज हुने भएको छ । बुधवार बर्षाका कारण स्थगित भएकोे फाईनल खेल आज हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।
बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधी भिडन्त बिहान १० बजे सुरु हुने भएको छ । उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने भएका छन् । मंगलवार सम्पन्न सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । भने दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले स्तब्ध पार्दै देहिमाण्डौं उपाधी नजिक पुगेको हो ।
उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।
माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal