गोरुले हान्दा बालिकाको ज्यान गयो ।।

बैशाख १०/बैतडी,
गोरुले हान्दा बैतडीमा एक बालिकाको ज्यान गएको छ । बैतडीको सुनर्या गाउपालिका ६ बरायलगाडामा हिजो दिउँसो २बजे तिर गोरु चराउन गएकी अमर कुवरकी ९ बर्षिय छोरी जानकी कुवरको ज्यान गएको हो । स्थानिय केदार प्राबि मा कक्षा ४मा अध्ययनरत बालिका कुवरलाई हिजो गोरुले हाने पनि उनलाई अस्पताल नलगी धामी झाक्री लाई देखाएको र आज दिउँसो स्वास्थ्यचौकी लैजादैँ गर्दा बाटोमा मृत्यु भएको मृतकका बाबु अमर कुवरले बताउनुभयो ।
उहाँले भन्नुभयो हिजो सामान्य चोटपटक जस्तै थियो धामिक्राकिलाई देखायौँ ठिक भईहाल्छ भन्ने लाग्यो तर दिउँसो तिर स्वस्थ्यचौकी लग्यौँ बाटोमा पानि खान भनिन् हामीले पानि दियौँ पानि खाने बितिक्कै ज्यान गयो , अस्पताल नलगेकोमा अहिले दुख लागिराछ , । उहाँले भन्नुभयो
बालिकाको आज दिउसो १२ बजे बिजयपुर स्वास्थ्यचौकी लैजादै गर्दा लेटिदोबाटा भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।