• ON AIR
  • UP NEXT

बर्षाले फाईनल खेल अवरुद्ध,उपाधी भिडन्त बिहीवार हुने

news

बैतडी,१० माघ–
बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको फाईनल खेल बर्षाका कारण स्थगित भएको छ । गएरातीदेखिको बर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधी भिडन्त बिहीवार १० बजे सुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । 
बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं भिड्ने  भएका छन् ।  मंगलवार सम्पन्न सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउदै खलंगा फाईनलमा पुगेको हो । भने दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले  स्तब्ध पार्दै देहिमाण्डौं उपाधी नजिक पुगेको हो । 
उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । 
माघ ३ गतेदेखि सुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal