• ON AIR
  • UP NEXT

बालबालिकाहरु विपद् जोखिम न्यूनीकरण सीप सिक्दै

news

बैतडी,१० माघ-
बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरु विपद् जोखिम न्यूनीकरणका बिषयमा सीप सिक्न थालेका छन् । बालबालिकाहरु विभिन्न समयमा विपद्बाट प्रभावित हुन सक्ने भएकाले योजना बनाएर बालबालिकाहरुलाई विपद्को जोखिमबाट बचाउनका लागि पहल गरिरहेको नगर बाल सञ्जालका अध्यक्ष निशा भट्टले जानकारी दिनुभयो । नगरपालिकाका विभिन्न वडामा सचेतनामूलक कार्यक्रम गरेर बालबालिकाहरुलाई विपद्बाट बच्ने सीप सिकाउन थालिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो“ बालबालिका केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई विपद् व्यवस्थापनका बिषयमा सीप दिईरहेका छौं” 
विद्यालय, घर तथा अन्य ठाउँमा हुन सक्ने सम्भावित विपद्का बिषयमा आफूहरुले सिकेको र गाउँका बालबालिकाहरुलाई पनि सिकाउन थालेको नगरबाल सञ्जालका उपाध्यक्ष गोकर्णप्रसाद जोशीले जानकारी दिनुभयो । विपद्को समयमा अरुको तुलानामा बालबालिकाहरु बढी प्रभावित हुने भएकाले विपद् व्यवस्थापनका बारेमा सिक्न थालेको बालक्लबका पदाधिकारीहरुले बताएका छन् । विद्यालयमा समेत विपद् व्यवस्थापनका बिषयमा छलफल थालेको उनीहरुले बताएका छन् । यसैबीच विपद् जोखिम न्यूनीकरणका बिषयमा दशरथचन्द नगरपालिका २ देहीमाण्डौं निंगलासैनी बालक्लबका पदाधिकारीहरुसंग अन्तरक्रिया गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal