• ON AIR
  • UP NEXT

प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगामा कुम्भमेलाको तयारी

news

बैतडी , ९ माघ-
बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ बर्षमा लाग्ने कुम्भ मेला महाशिवरात्रीको अवसरमा अगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति ईश्वरीगंगा धामले जनाएको छ । फागुन १ गतेदेखि सुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भईरहेको छ । “ईश्वरी गंगाधाममा लाग्ने कुम्भ मेलाको भारतको हरिद्वारमा लाग्ने कुम्भ मेला जत्तिकै महत्व रहेको छ” फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गते सम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।
विं सं २०४० सालदेखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक सुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
ईश्वरी गंगा धामको महिमाका बारेमा सबैलाई जानकारी गराउन ४८ बर्ष अघिदेखि कुम्भ मेलाको शुरुवात गरिएको हो उहाँले भन्नुभयो “ ईश्वरी गंगाधाममा लाग्ने कुम्भ मेलाको भारतको हरिद्वारमा लाग्ने कुम्भ मेला जत्तिकै महत्व रहेको छ”
ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । मेलामा सहभागिताका लागि समेत समितिले सबै भक्तजनहरुमा अनुरोध गरेको छ । जगन्नाथको बास रहेको पवित्र तीर्थस्थलको रुपमा रहेको ईश्वरी गंगा धामको प्रचारप्रसार गर्न सके यसको महत्व अझै बढ्न सक्ने स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् ।
ईश्वरी गंगा धाममा लाग्न लागेको यो चौथो कुम्भ मेला हो । महाशिरात्रीको अवसरमा लाग्ने उक्त चौथो कुम्भ मेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदाहरु रहेका भएपनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal