• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

सामुदायिक बन उपभोक्ता समितिले आफ्नै लगानी मा सडक निर्माण ग¥यो

news

बैतडी चैत २२    बैतडीको दुर्गम शिवनाथ गाउँपालिका शर्मालीमा रहेको अमरगढी सामुदायिक उपभोक्ता बनले आफ्नै लगानी सिमा नाका जोड्ने २६ किलोमिटर सडक निर्माण गरेको छ । कुल १ करोड ५ लाखमा सम्पन्न भएको उक्त सडकमा साविकको शर्माली गाविसवाट २५ लाख बाहेक अरु सबै रकम सामुदायिक बनको लगानीमा निर्माण भएको अमरगढी सामुदायिक वन उपभोक्ता समूहका सदस्य कर्ण सिंह साउदले जानकारी दिनुभयो ।
 
सडक निर्माणका लागी टेन्डर आह्वान गरी ठेक्का दिईएको हो । शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि नेपाल भारत सिमा जोड्ने नागार्जुन घाटसम्मको उक्त २६ किलोमिटर सडक निर्माण गरिएको हो । अमरगढी सामुदायिक वन उपभोक्ता समूहले हिमाल रोजिन  कम्पनीसंग सल्लाको खोटो संकलन गर्न दिने गरि सम्झौता भएको उहाँले बताउनुभयो ।
 
सुल्लेखानदेखि बस्कोटीसम्मको ११ किलोमिटर सडक गतबर्ष निर्माण गरिएको हो भने बस्कोटीदेखि नागार्जुन घाटसम्मको १५ किलोमिटर सडक यो बर्ष मात्रै निर्माण सम्पन्न भएको हो। हिमाल रोजिन कम्पनीलाई अझै पनि ४० लाख तिर्न बाँकी रहेको समेत साउदले जानकारी दिनुभयो ।
 
हाल उक्त सडक निर्माण भएपछी त्यो क्षेत्रका नागरिकलाई सजिलो भएको शिवनाथ १ की कमला चाँडले बताउनुभयो ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal