• ON AIR
  • UP NEXT

दनपामा विपद् व्यवस्थापन योजना निर्माण हुने

news

बैतडी,९ माघ-
बैतडीको दशरथचन्द नगरपालिकाका ११ ओटै वडामा विपद् व्यवस्थापन योजना निर्माण हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले सञ्चालन गरेको बालबालिकाकेन्द्रित जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिकाको समन्वयमा योजना निर्माण गरिन लागेको रेडक्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ वडा अध्यक्ष र नगरकार्यपालिकाका सदस्यहरुलाई तालिम दिइसकेको र अब प्रत्येक वडामा गएर संकटासन्नता तथा क्षमता विश्लेषण गरिनेछ”
दशरथचन्द नगरपालिकालाई विपद् उत्थानशील नगरपालिका बनाउनका लागि विपद् व्यवस्थापन योजना निर्माण गरिने उहाँको भनाई रहेको छ । विपद् व्यवस्थापनका बिषयमा नगरकार्यपालिकामा छलफल गरेर अघि बढ्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले यसको प्रतिकार्यका लागि नगरपालिकाले योजना निर्माण गर्ने र सोही योजना अनुसार क्रियाकलापहरु सञ्चालन गर्नेछ”

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal