• ON AIR
  • UP NEXT

थालिगाडा सेमिफाईनलमा,दुर्गाभवानी ५ विकेटले स्तब्ध

news

विनोद सिंह विष्ट–बैतडी,८ माघ–
दशरथचन्द नगरपालिका -६ थालिगाडा, बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोली बनेको छ । समूह चरणको अन्तिम खेलमा सोमवार दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीलाई ५ विकेटले पाखा लगाउदै थालिगाडाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । जसमा गोबिन्द भट्टले सर्वाधिक ४५ रनको योगदान गरे । ८९ रनको झिनो लक्ष्य पन्छाउन मैदान उत्रेको दशरथचन्दले १३ दशमलव ५ ओभरमा लक्ष्य पुरा गर्यो । चन्दन रावल र लोकेन्द्र रावलले समान १५÷१५ रन जोडे । दुर्गाभवानीका गोबिन्द भट्टले ३ विकेट हात पारे । थालिगाडाका लागी ४ विकेट हात पारेका शंकर महर म्यान अफ द म्याच घोषित भएका नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत मंगलवार सेमिफाईनलका खेलहरु हुने भएका छन् । बिहान ९ बजे हुने पहिलो सेमिफाईनल खेलमा देहिमाण्डौं र थालिगाडा भिड्दा मध्यान्ह १२ बजेपछी हुने दोस्रो सेमिफाईनलमा खलंगा र ग्वाल्लेक प्रतिस्प्रर्धा गर्ने भएका छन् ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal