• ON AIR
  • UP NEXT

मेयर कपमा थालिगाडाको विजयी सुरुवात

news

बैतडी,८ माघ–
बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगितामा दशरथचन्द नगरपालिका वडा नम्बर ६ थालिगाडाले विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा दशरथचन्द नगरपालिका ३ दुर्गाभवानीलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी  १०६ रनमा समेटियो ।  जसमा महादेव भट्टले सर्वाधिक २४ रनको योगदान गरे ।  १०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले १४ दशमलव २ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । दुर्गाभवानीका लक्ष्मण भट्टले २ विकेट हात पारे । व्यक्तिगत ४० रन तथा ३ विकेट लिएका थालिगाडाका चन्दन रावल म्यान अफ द म्याच घोषित भएका नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो ।  
यसैबिच दोस्रो खेलमा पनि यि दुबै टोली प्रतिस्प्रर्धा गरिरहेका छन् । दुर्गाभवानीले टस जितेर ब्याटिङ थालेको छ ।   यि दुबै  टोलीमध्ये विजेताले  सेमिफाईनलमा स्थान सुरक्षित गर्नेछ ।  यसअघि समूह “ए”बाट देहिमाण्डौं, समूह “बी”बाट खलंगा र समूह “सी”बाट ग्वाल्लेक सेमिफाईनल पुगिसकेका छन् । 
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal