• ON AIR
  • UP NEXT

सार्वजनिक जग्गाका व्यवसायी करको दायरामा

news

बैतडी,८ माघ-
बैतडीको पुर्चौडी नगरपालिकाले सार्वजनिक जग्गामा व्यवसाय सुरु गरेको व्यवसायीहरुलाई करको दायरामा ल्याउने निर्णय गरेको छ । नगरभित्र रहेको सार्वजनिक जमिन भोग चलनमा ल्याईएको पाईएमा कर लाग्ने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका जमिनमा अहिले स्थानियले व्यापार व्यवसाय सञ्चालन गरिरहेको र केहीले अतिक्रमण गरी भोगचलन गरिरहेकाले त्यसको छानविन गरी करको दायरामा ल्याउने काम सुरु भएको नगरपालिकाका प्रवक्ता गौतम भट्टले बताउनुयभो । नगर कार्यपालिकाका बैठकले नगर भवन निर्माणका लागि जमिन खोज्न कार्यदल गठन गरेको छ । वडा नम्बर ८ का अध्यक्ष जनकबहादुर विष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तै नगरपालिकाले केही योजनाहरुको अध्ययन गरी आवश्यक परे टेण्डर आह्वान गर्ने वा उपभोक्ता समितिमार्फत कार्यन्वयनमा ल्याउने तयारी सुरु गरेको छ । नगरपालिकाले नगरको हाट, खडीखेत, रुईनचोर, प्यासी बजारमा फोहोर व्यवस्थान गर्ने जनाएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal