• ON AIR
  • UP NEXTसिधा प्रश्न सिधा जवाफ

निङ्गलाशैनि भगवती मन्दीरमा भव्य मेला लाग्दै

news

बैतडी चैत २२

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा चैत्राष्टमीका दिन भब्य मेला लाग्दैछ । प्रत्येक बर्ष जस्तै यो बर्ष पनि चैत शुक्ल अष्टमीको दिन लाग्ने मेलाको तयारी पूरा भएको निंगलाशैनी मेला व्यवस्थापन समिति देहीमाण्डौंले जनाएको छ ।

मेलालाई व्यवस्थित बनाउनका लागि मेलास्थललाई मदिरानिषेधित क्षेत्र घोषणा गरेको छ । कसैले समितिको निर्णय उल्लघंन गरी मदिरा सेवन तथा बेचबिखन गरेमा कारवाही हुने निंगलाशैनी मेला व्यवस्थापन समितिका अध्यक्ष रन बहादुर बोहराले जानकारी दिनुभयो ।

यस्तै बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, दशरथचन्द नगरपालिका त्रिपुरामा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा भोली चैत शुक्ल अष्टमीका दिन लाग्ने मेलाको तयारी पूरा भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । भगवतीका मन्दिरहरुमा रांगा तथा बोकाको बलि दिने चलन समेत रही आएको छ ।  

 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal