• ON AIR
  • UP NEXT

दुर्गास्थान मेयरकपबाट बाहिरियो

news

बैतडी,७ माघ–
दशरथचन्द गरपालिकाको वडा नम्बर ७ दुर्गास्थान ,बैतडीमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । आज बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकसंग ६ विकेटले पराजित भएसंगै दुर्गास्थानको यात्रा टुगिंएको हो । बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा पहिला ब्याटिङ गरेको दुर्गास्थान १० दशमलव ५ ओभरमा ७४ रनमा समेटियो। ७५ रनको झिनो रनको विजय लक्ष्यका साथ मैदान उत्रेको ग्वाल्लेकले १४ दशमलव २ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य भेट्टयो ।दुर्गास्थानका बलदेव बडुले ४ विकेट हात पारे । व्यक्तिगत ३७ रन जोडेका ग्वाल्लेकका नरेश जोशी म्यान अफ द म्याच घोषित भए ।
यसैबिच अर्को खेलमा अहिले दशरथचन्द नगरपालिका ५ दशरथचन्द र वडा नम्वर ९ ग्वाल्लेकविच प्रतिस्प्रर्धा भईरहेको छ । विजेता टोली सिधै सेमिफाईनमा स्थान सुरक्षित गर्नेछ । खलंगा र देहिमाण्डौं यसअघि नै सेमिफाईनलमा पुगिसकेका छन् ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता रहेको छ । माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal