• ON AIRBahakine Man
  • UP NEXT

नेकपा (एमाले) बैतडीका स्थानीय कमिटीहरु पनि नयाँ संरचनाअनुसार पुनर्गठन

news

बैतडी चैत २०,     मुलुक सङ्घीय संरचनामा गएपछि नेकपा (एमाले) बैतडीले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन गरेको छ । बैतडीमा रहेका चार नगरपालिका र छ गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको एमाले जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय सर्कुलर अनुसार नै अब नयाँ संरचना अनुसार नै कमिटि बनेको हो उहाँले बताउनुभयो । जसअनुसार दशरथचन्द नगरपालिकाको संयोजकमा जंगदेव भट्ट ,सह संयोजक पदमा खत्री ,मेलौली नगरपालिका  संयोजकमा प्रकाश सावद ,सह संयोजक गणेश चन्द , पाटन नगरपालिका संयोजकमा धर्मानन्द भट्ट ,सहसंयोजक दुरा भट्टराई र पुर्चाैडी नगरपालिका संयोजकमा जगी सावद र  सह संयोजकमा अमर धामीलाई तोकेको छ  ।

 
यस्तै दोगडा केदार गाँउपालिका संयोजकमा भरत महरा ,सह संयोजक भक्त बिष्ट, डिलासैनी संयोजक परमल बोहरा ,सह संयोजक जस्मा बोहरा , सुर्नयाको संयोजक मान बहादुर बिष्ट ,सहसंयोजक मोहन बिष्ट लाई तोकेको छ । यसका साथै सिगास गाउँपालिका संयोजक कृष्ण सावद, शिवनाथ संयोजक भरत मडै ,पञ्चेश्वर संयोजकमा जनक चन्दलाई ताकिएको छ ।
 
सिगास, शिवनाथर पञ्चेश्वरमा सहसंयोजक पछी बस्ने पार्टीको बैठकले तोक्ने जिल्ला सचिव भट्टले बताउनुभयो । यसैबीच बैतडी क्षेत्र नं १ का सांसद एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले स्थानीय तहको निर्वाचन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेकप एमालेले बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ शंकरपुरको मोतीनगरमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै भण्डारीले संविधान कार्यान्वयनका लागि पनि चुनाव आवश्यक रहेको धारणा राख्नुभयो ।
 
आफ्नो पार्टी एमालेले मात्रै जनताका आकांक्षा पूरा गर्ने भन्दै स्थानीय तहको निर्वाचनमा भोट दिन उहाँले जनतासंग आग्रह समेत गर्नुभएको छ । एमाले सुरनया गाउँपालिका संयोजक मान बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पूर्व जिल्ला अध्यक्ष नरेन्द्र बिष्ट लगायतको सहभागिता रहेको थियो । 
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal