• ON AIR
  • UP NEXT

ताेकियाे प्रदेश प्रमुख र अस्थायी राजधानी

news

काठमाण्डाैं, ३ माघ - सरकारले  लामो समयको अनिश्चयलाई तोड्दै सातवटै प्रदेशकाे प्रदेश प्रमुख र अस्थायी मुकाम ताेकेकाे छ । अाज अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको हाे ।

 बैठक  मार्फत प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाले बताएका छन्  ।

अाजकाे मन्त्रिपरिषद बैठकले  प्रदेश प्रमुखहरु पनि तोकेकाे छ । ताेकिएका प्रमुखहरूमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन्।

त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन् । प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन्।

साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन्। प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन्।

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal