• ON AIR
  • UP NEXT

बैतडीमा एकै दिन तीनजना मृत फेला

news

भगीरथ अवस्थी / चैत्र २० बैतडी, 

             बैतडीको विभिन्न स्थानमा गरी आज एकैदिन ३ जना मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा सिगास गाउँपालिका ३ डुङरीकी ३५ बर्षीया लालमती बोहरा , दशरथचन्द नगरपालिका १० बुड्डाका ६० बर्षिय नर बहादुर चन्द र डिलाशैनी गाउँपालिका ३ का ५० बर्षिय  बिरपल भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
 
शनिवार राती घरनजिकै रहेको घट्टमा पिसानीका लागी  गएकी सिगासकी लालमतीलाई आज बिहान उनका देवर पठान सिंह बोहराले मृत फेला पारेका हुन । लालमतीको बलात्कार गरी हत्या गरेको हुनसक्ने बतार्ईएको छ ।   शवलाई परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउदै गरेको र शव परिक्षण पश्चात मात्रै थाहा हुने बताइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक शर्माले बताउनुभयो ।
 
यस्तै यही चैत १५ गतेदेखि सम्पर्क विहीन भएका दशरथचन्द नगरपालिका १० बुड्डाका नरबहादुरको शव आज घर नजिकै महाकाली किनारमा सडेको अवस्थामा फेला परेको हो । शव सडेको हुनाले परिक्षण नगरी आफन्तको जिम्मा लगाएको छ ।यसैबिच शनिवार घरबाट स्थानियको घरमा जान्छु भनी हिडेका डिलाशैनीका बिरपल सम्पर्कमा नआएपछी खोजतलास गर्दा आज अनिरपानी भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बिरपलको शव पोष्टमार्टमका लागी गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
 

© Copyright 2017 Radio Ninglashaini All Rights Reserved.

Powered By : i-Tech Nepal